अमेरिकाभित्र टिकटक सञ्चालन गर्नेबारेको नयाँ सम्झौता

एजेन्सी, ९ माघ । अमेरिकामा प्रतिबन्धको जोखिममा परेको लोकप्रिय सामाजिक सञ्जाल टिकटक अन्ततः नयाँ सम्झौतामार्फत निरन्तर सञ्चालनमा रहने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार टिकटकले आफ्नो अमेरिकी सेवा सञ्चालन गर्न छुट्टै नयाँ कम्पनी स्थापना गरेको हो, जसको धेरै स्वामित्व अमेरिकी लगानी कर्ताको हुने बीबीसीले जनाएको छ ।

यस सम्झौताअनुसार टिकटकको संस्थापक कम्पनी बाइटडान्सको स्वामित्व अब १९.९ प्रतिशतमा मात्र सीमित रहनेछ । बाँकी स्वामित्व अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले लिनेछन् । यससँगै टिकटकले पहिलोपटक अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत जानकारी कसरी सुरक्षित गरिन्छ भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक गरेको छ ।

अब अमेरिकाका टिकटक प्रयोगकर्ताको सबै जानकारी अमेरिकामै रहेको सुरक्षित कम्प्युटर प्रणाली (क्लाउड) मा राखिने खबरमा भनिएको छ । यस नयाँ व्यवस्थापछि चीनका प्राविधिक कर्मचारीहरूको टिकटक अमेरिकामा दैनिक कामकाजमा प्रत्यक्ष पहुँच रहने छैन ।

यो व्यवस्था टिकटकमा मात्र सीमित नरही बाइटडान्सका अन्य भिडियो सम्पादन तथा सामाजिक सञ्जाल सम्बन्धी एपहरूमा पनि लागू हुनेछ । यद्यपि केही राष्ट्रिय सुरक्षा विज्ञहरूले यो सम्झौता दुई वर्षअघि सन् २०२४ मा पारित अमेरिकी राष्ट्रिय सुरक्षा कानूनको मर्मअनुसार पूर्ण रूपमा मिल्दैन भन्ने आलोचना गरेका छन् । यस सम्झौताले २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ता र लाखौँ व्यवसायलाई टिकटक प्रयोग गर्न निरन्तर अवसर प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित