अस्ट्रेलियामा फेरि चल्यो गोली, तीनजनाको मृत्यु

एजेन्सी, ८ माघ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको गाउँ लेक कार्गेलिगोमा बिहीबार गोली चलेको छ । गोलीबारीमा तीनजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । घाइते एक पुरुषको अस्पतालमा उपचार भइरहेको छ । स्थानीय समयअनुसार बेलुका ४ः४० मा येल्किन स्ट्रिटमा गोलीबारी भएको प्रहरीले बताएको छ । 

घटनामा अहिलेसम्म आक्रमणकारी कति थिए भन्ने थाहा नभएको र कुनै पनि शंकास्पदलाई पक्राउ नगरिएको बताइएको छ ।

अहिले प्रहरी आक्रमणकारीहरूको खोजीमा जुटेको छ । नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरिएको छ । 

एसोसिएटेड प्रेसका अनुसार, अस्ट्रेलियाले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला गोलीबारी भएको हो । डिसेम्बर १४ मा सिड्नीमा हनुक्का समारोहका क्रममा भएको गोलीबारीमा मारिएका १५ जनालाई सम्झिँदै शोक मनाइँदै थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको