नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

काठमाडौँ, ८ माघ । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो ।

१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन मात्र जोड्न सके ।

त्यसअघि नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए । रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन् । बिन्दु रावलले १८ रन बनाइन् ।

नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो।

नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे । नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १-१ विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो । नेदरल्यान्ड्स आजको जितसँगै सुपर सिक्समा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate