सामाजिक सञ्जालको दुरुपयोगमा निगरानी बढाइने

काठमाडौँ, ७ माघ । केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्न  र  निगरानीलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा समितिको बैठक बसेको हो । बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ मा हुने निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गरेको छ । बैठकले सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरेको भेटिएमा कडाइका साथ कारबाही गर्ने निर्णय गरेको छ ।

बैठकमा गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था छ । बैठकमा यसअघि स्वीकृत भएर कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ बमोजिम जिम्मेवार निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्तीको योजनाका बारेमा समीक्षा भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।

बैठकले निर्वाचनको कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ । राजनीतिक दल र उम्मेदवारहरूको प्रचार प्रसार कार्यक्रममा सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन सबै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ