काठमाडौँ, ७ माघ । ‘धुरन्धर’ को दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् ।
सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको दोस्रो भागको पूरा नाम ‘धुरन्धर : द रिभेन्ज’ रहनेछ ।
सेन्सर बोर्डले फिल्मको टिजर हेरेपछि यसलाई एडल्ट सर्टिफिकेट दिँदै पास गरेको छ । यसअघि ‘धुरन्धर पार्ट १’ मा पनि अत्यधिक हिंसात्मक दृश्य भएका कारण ’ए’ सर्टिफिकेट नै दिइएको थियो ।
यति हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा निकै राम्रो कमाइ गरेको थियो । यो फिल्म ‘ए’ सर्टिफिकेट प्राप्त गर्ने फिल्ममध्ये सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनिसकेको छ ।






