स्पेनमा दुई वटा रेल ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु

एजेन्सी, ५ माघ । स्पेनको दक्षिणी भागमा दुई वटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन् ।

स्पेनको रेल निकाय एडीआईएफका अनुसार आइतबार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको एक उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट चिप्लिएर अर्को ट्र्याकमा पुगेको थियो । सोही क्रममा विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल ट्र्याकबाट खसेका हुन् ।

स्पेनको गृह मन्त्रालयले हालसम्म कम्तीमा २१ जनाको मृत्यु पुष्टि गरेको छ । एन्डालुसिया क्षेत्रको आपतकालीन सेवाले २५ जना गम्भीर रूपमा घाइते भएको बताएको छ । 

दुर्घटनापछि एन्डालुसिया क्षेत्रबाट म्याड्रिडतर्फका रेल सेवा स्थगित गरिएको छ । कोर्डोबा, सेभिल्ला, मालागा र हुवेल्भाबाट चल्ने रेल सेवा कम्तीमा सोमबारसम्म बन्द रहने एडीआईएफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रमहरूमा सहभागी भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै आवश्यक

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको

काठमाडौँ, १६ असोज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको २२३ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव

काठमाडौँ, १६ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको