सिरियामा अमेरिकाको आक्रमणमा आतंकवादी नेता मारिए

एजेन्सी, ४ माघ । अमेरिकाले सिरियामा अर्को एक जवाफी आक्रमण गरेको छ । उत्तर–पश्चिम सिरियामा गरिएको आक्रमणमा एक आतंकवादी नेता मारिएका अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।

सेन्ट्रल कमान्डका अनुसार, हवाई हमलामा मारिनेमा बिलाल हसन अल–जसिम छन् । ती नेता गएको महिना दुई अमेरिकी सैनिक र एक दोभासे मारिएको इस्लामिक स्टेटको आक्रमणमा संलग्न थिए ।

अमेरिकी अधिकारीका अनुसार, उनी एक अनुभवी आतंकवादी ‘अपरेटिभ’ थिए । र, डिसेम्बर १३ को आक्रमणमा प्रत्यक्ष रूपमा जोडिएका थिए ।

उक्त आक्रमणमा अमेरिकी सेनाका सार्जेन्ट एडगर ब्रायन टोरेस–टोभर, सार्जेन्ट विलियम नथानियल हवार्ड र एक दोभासे अयाद मन्सुर साकतको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत