ग्रीनल्यान्ड कब्जाको विरोध गर्ने देशलाई १० प्रतिशत ट्यारिफ लाग्ने ट्रम्पको घोषणा

एजेन्सी, ४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमार्फत अर्को महिनादेखि डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड र फिनल्यान्डबाट अमेरिका आयात गरिने सामानहरूमा १० प्रतिशत आयात शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन् ।

उनले आगामी जुन १ देखि यो ट्यारिफ बढाएर २५ प्रतिशत पुर्‍याइने समेत बताएका छन् । ट्रम्पका अनुसार, ग्रीनल्यान्डको पूर्ण खरिदबारे सम्झौता नभएसम्म यो ट्यारिफ लागू रहनेछ ।

यसैबीच, युरोपेली संघ (ईयू) की प्रमुखले ट्रम्पको यस धम्कीपूर्ण बयानको कडा आलोचना गरेकी छन् र यसबारे छलफल गर्न आपतकालीन बैठक बोलाइएको छ ।


सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले भने, “हामीले धेरै वर्षदेखि डेनमार्क र युरोपेली संघका देशहरूलाई सब्सिडी दिँदै आएका छौँ । अब डेनमार्कले केही फिर्ता गर्ने समय आएको छ किनकि विश्व शान्ति साच्चै जोखिममा छ ।”

चीन र रुसले ग्रीनल्यान्ड चाहेको र डेनमार्कले यसलाई रोक्न नसक्ने उनको दाबी छ । उनले व्यङ्ग्य गर्दै भने, “त्यहाँ सुरक्षाका नाममा केवल दुईवटा ‘डग स्लेज’ (कुकुरले तान्ने गाडी) मात्र छन् ।”

ट्रम्पले थपे, “यस पवित्र भूमिलाई कसैले छुन सक्दैन, किनकि अमेरिका र विश्वको राष्ट्रिय सुरक्षा यससँग जोडिएको छ ।”

अमेरिकी राष्ट्रपतिले फेब्रुअरी १, २०२६ देखिः ८ वटा युरोपेली देशका सामानमा १० प्रतिशत ट्यारिफ लाग्ने स्पष्ट पारेका छन् । जुन १, २०२६ देखि यो शुल्क बढेर २५ प्रतिशत पुग्नेछ । अमेरिकाले पछिल्लो १५० वर्षदेखि ग्रीनल्यान्ड किन्न खोजिरहेको र अहिलेको आधुनिक ‘गोल्डन डोम’ (रक्षा प्रणाली) का कारण यो भूमि हासिल गर्नु झन् आवश्यक भएको उनको तर्क छ ।

ट्रम्पले ‘डोम’ सँग सम्बन्धित सुरक्षा कार्यक्रमहरूमा अर्बौं डलर खर्च भइरहेको उल्लेख गर्दै यो प्रणालीले क्यानाडाको सुरक्षालाई पनि समेट्ने बताए । यो अत्यन्त उन्नत प्रणाली हो, जसले ग्रीनल्यान्डलाई समावेश गर्दा मात्र आफ्नो पूर्ण क्षमतामा काम गर्न सक्छ । यसका लागि भौगोलिक अवस्थिति र कोणहरू निकै महत्त्वपूर्ण छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत