चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी, ३ माघ । विश्वभर व्यावसायिक अन्तरिक्ष उद्योग तीब्र गतिमा विकास हुँदै गर्दा चीनले पनि यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ ।

चीनको लङ मार्च–१२ बी रकेटको परिक्षण हिजो सफलत भएसँगै चीन व्यावसायिक रकेट कार्यक्रममा बलियो बनेको देखिएको हो ।

लङ मार्च–१२ बी रकेट चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीले विकास गरेको नयाँ पुस्ताको पुनः प्रयोगयोग्य रकेट हो । यो रकेट विशेष गरी न्यून–पृथ्वी कक्ष अर्थात् लो अर्थ अर्बिटका उपग्रह तैनाथ गर्न डिजाइन गरिएको हो । यस रकेटमा २० टनसम्म तौल बोक्ने क्षमता छ ।

कम्पनीका अनुसार परीक्षणले रकेटको डिजाइनको सम्भाव्यता र विश्वसनीयता पूर्ण रूपमा पुष्टि गरेको छ । पछिल्ला वर्षहरूमा अमेरिकाको स्पेसएक्स र ब्लू ओरिजिनजस्ता निजी कम्पनीहरूले व्यावसायिक अन्तरिक्ष उद्योगमा सफलता पाइसकेका छन् ।

चीनले पनि आफ्नो व्यावसायिक रकेट कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । सेरेस–१ जस्ता ठोस इन्धन प्रयोग गर्ने साना व्यावसायिक रकेटहरू लागत प्रभावी र छिटो तयार हुने भएकाले सानो उपग्रह प्रक्षेपणमा लोकप्रिय बनेका छन् ।

विश्वको व्यावसायिक अन्तरिक्ष उद्योग सन् २०४० सम्ममा एक खर्ब अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ । बढ्दो बजारमा चीनको सक्रियताले अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा अझ बढाउने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत