टी-२० विश्‍वकपका लागि तयारी राम्रो भएको छ : रोहित पौडेल

काठमाडौँ, ३ माघ । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले आगामी टी-२० विश्‍वकपका लागि राम्रो तयारी भएको बताएका छन् ।

आज बिदाइ कार्यक्रमपछि कुरा गर्दै उनले बिल्डअप राम्रो भएको बताएका हुन् । उनले भने, ‘बिल्डअप राम्रो छ । हामी उत्साहित छौं, टिम पनि सन्तुलित छ’ ‘पछिल्लो एक हप्ता एक्स्ट्राटेक ओभलमा तयारी गरेका थियौं । मुम्बईको पिच कन्डिशनसँग मिल्ने भएर राम्रो तयारी भएको छ । ब्याटिङ, बलिङ फिल्डिङ सबै पक्षमा राम्रो तयारी गरिरहेका छौं ।’

गत संस्करण अमेरिका र वेस्ट इन्डिजमा भएको विश्‍वकपमा नेपाल मात्र नभएर सबै टिमलाई कठिन अवस्था भएको तर यसपटक भारतमा राम्रो कन्डिशन हुने उनले बताए । ‘अघिल्लोपटक सबै टिमलाई कठिन देखिएको थियो । विकेट च्यालेन्जिङ थियो । भारतमा राम्रो हुन्छ पिच र कन्डिशन’ कप्तान रोहितले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङलाई ‘रेड कार्पेट’ र सैन्य ‘फ्लाईओभर’सहित स्वागत गरेसँगै सीको तीनदिने

एजेन्सी, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग राम्रो वार्ता भएको बताएका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाका क्रममा पत्रकारहरूसँग

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

एजेन्सी, ७ असोज । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग ‘ऊर्जा युद्धविराम’ (इनर्जी सिजफायर) का विषयमा वार्ता गर्न युक्रेन खुला रहेको बताएका