मस्कको एआई कम्पनीमाथि उनकै छोराकी आमाले हालिन् मुद्दा

एजेन्सी, ३ माघ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कका एक सन्तानकी आमाले उनको कृत्रिम बौद्धिकता कम्पनीमाथि मुद्दा हालकी छिन् ।

एक्सएआई कम्पनीको एआई च्याटबोट ग्रोकले आफ्नो अश्लील डिपफेक तस्बिर बनाएको भन्दै एश्ले सेन्ट क्लेयरले न्यूयोर्कमा मुद्दा दायर गरेकी हुन् । ग्रोकले आफ्नो सहमति बिना यौनजन्य डीपफेक तस्बिरहरू बनाएको उनको आरोप छ ।

ग्रोकले वास्तविक व्यक्तिहरूलाई डिजिटल रूपमा नाङ्गो बनाउने, अपमानित गर्ने र यौन शोषण गर्ने कार्य गरेको मुद्दामा उल्लेख छ । आफूले सहमति नदिएको सार्वजनिक रूपमा जानकारी गराउँदा समेत ग्रोकले आफ्ना यौनजन्य र अपमानजनक तस्बिरहरू बनाउन नरोकेको क्लेयरको भनाइ छ ।

बुधबार एक्सएआईले ग्रोकलाई वास्तविक व्यक्तिको अश्लील फोटो बनाउन नसिकने बनाएपछि क्लेयरको मुद्दाको खबर आएको हो । मुद्दामा १४ वर्षको उमेरमा खिचिएका आफ्ना पुराना तस्बिरमा आफूले लगाइरहेको कपडा हटाएर  ग्रोकले तस्बिर बनाएको आरोप पनि समावेश छ । क्लेयरले मानसिक पीडा र गोपनीयता हनन भएको भन्दै क्षतिपूर्ति र जूरी ट्रायलको माग गरेकी छिन् । यस खबरप्रति एक्सएआईले तत्कालै कुनै प्रतिक्रिया दिएको छैन । बुधबार एलन मस्कले भने ग्रोकले नाबालकको नग्न तस्बिर बनाएको कुरा आफूलाई जानकारी नभएको दाबी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत