पुनर्निर्माण कोषमा सीआईटीको ५१ लाख योगदान

काठमाडौँ, २ माघ । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोष (सीआईटी)ले ५१ लाख रुपैयाँ योगदान गरेको छ ।

गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहतलगायत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।

सीआईटीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सरकारले स्थापना गरेको कोषमा शुक्रबार उक्त सहयोग उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त रकमबराबरको चेक कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे । त्यस अवसरमा अर्थसचिव डा. घनश्याम उपाध्याय, सहसचिव उत्तरकुमार खत्रीलगायत सीआईटीका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्की समेतको उपस्थिति थियो ।

पुनर्निर्माण कोषमा पुर्‍याएको योगदानका निम्ति अर्थमन्त्री खनालले नागरिक लगानी कोषप्रति आभार व्यक्त गरेका मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई

काठमाडौँ, ५ असोज । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति १० बजे दुई

काठमाडौँ, ५ असोज । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहुँ