काठमाडौँ, २ माघ । प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकताबारे निर्वाचन आयोगले विधि र परम्पराअनुसार निर्णय गर्ने बताएका छन् ।
निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका कांग्रेस नेताहरूसँगको कुराकानीमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले राजनीतिक दलसम्बन्धी विषयमा आयोगको आफ्नो परम्परा, विधि, संविधान, ऐन र कानून रहेकाले त्यसैअनुसार निर्णय हुने बताएका हुन् ।
उनले भने, ‘आयोगको संस्थागत परम्परा जुन छ त्यसैलाई टेकेर कांग्रेसको आधिकारिकता तय हुन्छ ।’
आयुक्त भण्डारीले निर्वाचन आयोगले चुनाव सम्पन्न गर्ने प्रयोजनका लागि आवश्यक कार्यक्रम सकेर चुनाव सम्पन्न गराउने पनि बताए ।






