क्यानडाका प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

एजेन्सी, २ माघ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा ऐतिहासिक भेटवार्ता भएको छ ।

विगत एक दशकदेखि चिसिएको द्विपक्षीय सम्बन्धलाई पुनर्जीवित गर्दै दुवै देश व्यापारिक सम्झौताको खोजीमा जुटेका हुन् । 

सन् २०१८ मा हुवावेका शीर्ष अधिकारीलाई भ्यानकुभरमा पक्राउ गरेपछि ओटावा र बेइजिङबिचको सम्बन्ध निकै खराब भएको थियो । त्यसयता कुनै पनि क्यानेडियन प्रधानमन्त्रीले चीनको भ्रमण गरेका थिएनन्। अधिकारीहरूले यस भ्रमणलाई ‘परिणाममुखी र ऐतिहासिक’ कदमका रूपमा व्याख्या गरेका छन् ।

बुधबार साँझ चीन आइपुगेका प्रधानमन्त्री कार्नीले बिहीबार चिनियाँ प्रिमियर ली कियाङसँग भेट गरेपछि राष्ट्रपति सीसँग औपचारिक वार्ता गरेका हुन् । बैठकको सुरुवातमै कार्नीले कृषि, ऊर्जा र वित्त जस्ता क्षेत्रमा दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए । 

यी क्षेत्रमा तत्काल प्रगति गर्न सकिने सम्भावना रहेको औँल्याउँदै उनले दुई देशबिचको पुरानो सम्बन्धलाई अझ सुदृढ बनाएर नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । कार्नीका अनुसार यो सहकार्यले दुवै देशका जनताका लागि स्थिरता, सुरक्षा र समृद्धि सुनिश्चित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको