वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई राष्ट्रिय सम्मानका लागि आवेदन खुला

काठमाडौँ, २ माघ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्‍याएका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले “विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६” अनुसार योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो । मन्त्रालयले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरेको छ ।

सूचना अनुसार कार्य भिसामा विदेश गई कम्तीमा ११ वर्ष काम गरेर फर्किएका तथा नेपाल फर्किएपछि कम्तीमा एक वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका उद्यमीले आवेदन दिन सक्नेछन् । आवेदकले अनुसूची–२ अनुसारको आवेदन फाराम भरी श्रम स्वीकृति, भिसा सहितको राहदानी, व्यवसाय तथा कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्रलगायत कागजात संलग्न गर्नुपर्नेछ । साथै विगत पाँच वर्षभित्र यस मन्त्रालयबाट यस्तै प्रकृतिको पुरस्कार प्राप्त नगरेको स्वघोषणा पनि आवश्यक पर्नेछ ।

आवेदन मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखामा दर्ता गर्न वा स्क्यान गरी [email protected] इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ । आवेदन फाराम र कार्यविधि मन्त्रालयको वेबसाइट www.moless.gov.np बाट डाउनलोड गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको