इरानमा सरकारविरोधी प्रदर्शनमा २ हजारबढीको मृत्यु भएको दाबी

एजेन्सी, ३० पौष । इरानमा भइरहेको सरकारविरोधी प्रदर्शनमा अहिलेसम्म २ हजारभन्दा धेरैको ज्यान गैसकेको एक अमेरिकी मानवअधिकार संस्थाले दाबी गरेको छ ।

ह्युमन राईट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीका अनुसार पछिल्ला १७ दिनमा कम्तीमा १ हजार ८ सय ५० प्रदर्शनकारी, १ सय ३५ सरकारी पक्षसँग सम्बन्धित व्यक्ति, ९ सर्वसाधारण र ९ बालबालिकाको ज्यान गएको विवरण छ ।

अहिलेसम्म १६ हजार ७ सय ८० भन्दा धेरै प्रदर्शनकारी पक्राउ परेका छन्,  इन्टरनेट बन्द गरिएकाले ज्यान गुमाएकाहरुको यकिन संख्या आउन नसकेको र अझै धेरै पनि हुन सक्ने अनुमान गरिएको छ । प्रदर्शनहरू देशका ३१ वटै प्रान्तका झन्डै १ सय ८० शहरमा फैलिएको छ ।

महँगीविरुद्ध शुरू भएको प्रदर्शन अहिले राजनीतिक परिवर्तनको मागमा रूपान्तरण भएको छ । जसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत इरानी अधिकारीहरूले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । उहाँले यसअघि इरानसँग व्यापार गर्ने देशमाथि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत