‘गोबर गणेश’ सेन्सर पास

काठमाडौँ, २९ पौष । फिल्म ‘गोबर गणेश’ सेन्सर पास भएको छ ।

फिल्मलाई सोमबार साँझ केन्द्रीय चलचित्र जाँच समितिले हेर्दै सबैले हेर्न मिल्ने ‘यू’ (युनिभर्सल) सर्टिफिकेट दिएको छ ।

यो सर्टिफिकेट पाएसँगै फिल्म स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म, अर्थात् सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन् ।

फिल्मको हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ले निर्देशन गरेका हुन् । ‘फिल्मले सेन्सरबाट प्रशंसा समेत पाएको छ’, निर्देशक श्रेष्ठले भने ‘दर्शकले पनि फिल्म मनपराउनु हुन्छ भन्ने लागेको छ ।’

विशेषतः पढ्न नसकेपछि काठमाडौँ आएर एक युवकले गरेको सङ्घर्षको कथामा निर्माण भएको फिल्ममा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्