नेपालमा धुरन्धर’ को कमाइ १० करोड ग्रस

काठमाडौँ, २९ पौष । नेपालमा बलिउड फिल्म ‘धुरन्धर’ को अहिलेसम्मको कमाइ १० करोड ग्रस नाघेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्सअफिसको विवरणमा यो कुरा उल्लेख छ ।

पछिल्लो शनिबारसम्म रणवीर सिंह स्टारर हिन्दी फिल्मको कुल कमाइ १० करोड १५ लाख १८ हजार ७९५ रुपैयाँ ग्रस छ । सोही अवधिमा यसका ३ लाख ९ हजार २२७ वटा टिकट बिकेका छन् ।

हलिउड फिल्म ‘अवतार : फायर एन्ड यश’ ले ६ करोड २६ लाख १२ हजार ४०० नेरु ग्रस कमाएको छ । यसका १ लाख ५३ हजार ४०१ वटा टिकट बिकेका छन् ।

कार्तिक आर्यन र अनन्या पाण्डे स्टारर रोमान्टिक ड्रामा ‘तु मेरी, मेरा तेरा, मेँ तेरा, तु मेरी’ ले ३५ लाख ४४ हजार १५३ नेरु ग्रस कमाएको छ । यसका ९७१८ वटा टिकट बिकेका छन् ।

हलिउडको ‘एनाकोन्डा’ ले सोही अवधिमा १६ लाख ८० हजार ९१६ नेरु ग्रस कमाएको छ । दक्षिण भारतीय फिल्म ‘४५’ ले १३ लाख ७५ हजार २५३ नेरु ग्रस कमाएको छ ।

हलिउडको ‘हाउसमेड’ ले ८ लाख ३४ हजार ९४३ नेरु ग्रस कमाउँदा हलिउडकै ‘स्पन्जबब मूभी’ ले ६ लाख ५३ हजार ४३८ नेरु ग्रस कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्