अमेरिकाले आक्रमण गरेमा कडा जवाफ दिने इरानको चेतावनी

एजेन्सी, २८ पौष । अमेरिकाले आफूमाथि आक्रमण गरे कडा जवाफ दिने इरानले चेतावनी दिएको छ । बीबीसीका अनुसार इरानको अवस्था यतिबेला अत्यन्तै भयावह बनेको छ ।

अमेरिकी मानव अधिकार संस्था एचआरएनएका अनुसार अहिलेसम्म ४ सय ९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको ज्यान गएको पुष्टि भइसकेको छ भने झन्डै १० हजार ६ सयभन्दा बढीलाई पक्राउ गरिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान स्वतन्त्रता चाहेको भन्दै अमेरिका सहयोग गर्न तयार रहेको बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी दिइएको छ ।

इरानको संसद् सभामुखले चेतावनी दिँदै अमेरिका आक्रमणमा उत्रिए इजरायल तथा मध्यपूर्वका अमेरिकी सैन्य ठेगानामाथि आक्रमण गर्ने समेत चेतावनी दिनुभएको खबरमा उल्लेख छ । महँगीविरुद्ध शुरू भएको आन्दोलन अहिले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शासन अन्त्यको मागमा परिणत भएको छ ।

इन्टरनेट पूर्ण रूपमा बन्द गरिएकाले सूचना संकलन कठिन बनेको छ । यसैबीच, इरानका पूर्व शाहका छोरा रेजा पहलवीले विदेशबाट प्रदर्शनकारीलाई समर्थन गर्नुभएको छ । इरानमा अमेरिकाले हस्तक्षेप गर्ने सम्भावना बढेपछि इजरायलले उच्च सतर्कता अपनाएको छ ।

अमेरिकाले हस्तक्षेप गरेमा इजरायलमा समेत आक्रमण गर्ने भन्दै इरानले चेतावनी दिएपछि इजरायलले उच्च सतर्कता अपनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत