प्रभासको फिल्म ‘राजा साब’ को स्क्रिनिङमा आगलागी

काठमाडौँ, २७ पौष । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘राजा साब’ जनवरी ९ मा रिलिज भएको छ ।

शनिबार ओडिशामा यस फिल्म प्रदर्शनको क्रममा ठुलो दुर्घटना हुनबाट जोगियो । फिल्ममा प्रभासको एउटा फाइट सिन देखेर उत्साहित फ्यानहरूले हलभित्रै आरती सुरु गरे । त्यसको केही समयपछि, आरतीको थाली खस्यो र हलमा आगो लाग्यो ।

यो घटना ओडिशाको रायगडास्थित अशोक टकिज हलको भएको बताइएको छ । फिल्मको सुरुमा गीत बज्न थालेसँगै प्रभासका केही फ्यानहरूले स्क्रिनको अगाडि गएर आरती सुरु गरे । यही क्रममा एक जना फ्यानको हातबाट थाली खस्यो र भुइँमा आगो टिप्यो ।

कर्मचारी नआउँदासम्म हलभित्र रहेका फ्यानहरूले मिलेर आगो निभाउने प्रयास गरे । घटनाको भिडियो अनलाइनबाट बाहिरिएको छ । सो भिडियोमा दर्शकहरूले गम्छा लगायतका कपडाले आगो निभाउने प्रयास गरिरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्