मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, २७ पौष । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्दै, सामाजिक, आर्थिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिहरूलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल एकिकरणका योद्धा, वीर पुर्खा, महान् सहिद र आमनेपाली जनताको ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को सपना साकार पार्न समाजवाद कार्यान्वयन गर्नुपर्ने बताए ।

बदलिँदो अन्तरराष्ट्रिय स्थिति, नेपाल र नेपाली जनताको आमूल परिवर्तनको आकाङ्क्षालाई पूरा गर्न आगामी निर्वाचनमा देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरूलाई विजय गराउनुपर्नेमा पूर्वप्रधानमन्त्री खनालले जोड दिए । 

तात्कालिक समयका वीर पुर्खाको साहस, पराक्रम र दूरदर्शिताको परिणामस्वरुप हाम्रो मातृभूमि नेपाल आज एक स्वाधिन, अखण्ड र सार्वभौम मुलुकका रूपमा तथा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक राष्ट्रका रूपमा विश्वमा परिचित रहेको उहाँले विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९