बिष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक

काठमाडौँ, २६ पौष । नेपाली लोक गीतसंगीतकी सफल गायिका बिष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ ।

राजन राज शिवाकोटीको शब्द, संगीतमा तयार भएको गीतमा बिष्णुलाई राजनले नै गायकीमा साथ दिएका छन् । गीतमा श्याम श्वेत रसाइलीको एरेन्ज छ ।

यो गीत केही वर्ष अगाडि सार्वजनिक भइसकेको गीतको नयाँ भर्सन हो। गीतको पुरानो भर्सनमा बिष्णु माझी र राजु परियारको स्वर थियो भने बीबी अनुरागीको एरेन्ज थियो । अब यो गीतलाई राजनराज शिवाकोटीले नयाँ शैलीमा तयार पारेर बजारमा ल्याएका छन् ।

गीतको भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ । भिडियोमा राजन राज शिवाकोटी, सुनिशा बजगाई, प्रभात पल ठकुरी र जुना बिश्वकर्मा फिचर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९