इरानमा इन्टरनेट र टेलिफोन सेवा समेत बन्द

एजेन्सी, २६ पौष । इरानमा विभिन्न मागसहित दुई हप्तादेखि सरकार विरोधी प्रदर्शन भैरहेको छ । देशका ३१ वटै प्रान्तका एक सय भन्दा धेरै शहर र बस्तीमा आन्दोलन फैलिएको छ ।

दुई हप्तादेखि चलिरहेको सरकार विरोधी प्रदर्शन थप चर्किएपछि तेहरानसहित प्रमुख शहरमा इन्टरनेट र टेलिफोन सेवा समेत बन्द गरिएको छ । प्रदर्शनकारीले आर्थिक सुधारसँगै राजनीतिक स्वतन्त्रताको माग गरिरहेका छन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको, बेरोजगारी बढेको, सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले सत्ता छोड्नुपर्ने, पूर्वराजा शाह मोहम्मदका निर्वासनमा रहेका छोरा रेजा पह्लवीलाई सत्तामा फर्काउनु पर्नेलगायतका मागसहित नागरिकहरूले प्रदर्शन गर्दै आएका हुन् ।

विगत केही वर्षयताकै सबैभन्दा गम्भीर मानिएको प्रदर्शनका क्रममा अहिलेसम्म कम्तीमा ४५ जनाको ज्यान गएको नर्वेमा रहेको ‘इरान ह्युमन राइट्स’ (आईएचआर) लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युवराज पह्लवीले नागरिकको आवाज दबाउने प्रयास गरिएको भन्दै युरोपेली नेताहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर इरानी शासनलाई जवाफदेही बनाउन आग्रह समेत गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी सुरक्षाबल वा सरकारले शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका नागरिकमाथि अत्यधिक बल प्रयोग वा दमन गरेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९