आजदेखि हलमा ‘दिमाग घोच्ने मान्छे’ र ‘द राजा साब’

काठमाडौँ, २५ पौष । आजदेखि दुई फिल्म हलमा रिलिज भएका छन् ।

नेपालको वैकल्पिक राजनीतिका अगुवा स्वर्गीय उज्वल थापाबारेको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ र प्रभास स्टारर भारतीय फिल्म ‘द राजा साब’ हलमा लागेका हुन् ।

डकुमेन्ट्री जनरामा बनेको ‘दिमाग घोच्ने मान्छे’ को रनटाइम ११० मिनेट र सर्टिफिकेट युनिभर्सल छ । विवेकशिल साझा पार्टीका संस्थापक अध्यक्ष समेत रहेका थापाको जीवन संघर्ष र वैकल्पिक राजनीतिलाई अघि बढाउन उनले खेलेको भूमिकालाई उक्त डकुमेन्ट्रीमा चित्रण गरिएको छ ।

कथानक फिल्म मात्र हलमा चल्ने आमप्रवृत्तिमाझ धेरैपछि वृत्तचित्र हलमा प्रदर्शन भैरहेको छ ।

प्रभास र संजय दत्त स्टारर भारतको हरर, कमेडी रोमान्स जनराको फिल्म ‘द राजा साब’ पनि शुक्रबारदेखि रिलिज भएको छ । मुरथी दसारी निर्देशित फिल्मले एक राजाको कथा पेश गर्छ । पीजी सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम १८९ मिनेट छ ।

अहिले नेपालका हलमा ‘एक्लो’, झरीपछिको इन्द्रेणी, धुरन्धर, हाउसमेड, परान, अवतार ३ लगायतका फिल्म प्रदर्शन भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेखको दुल्लु नगरपालिका–१ नाउले गाउँका २० वर्षीय दीपक नेपाली

काठमाडौँ, ९ माघ । काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र ललितपुरको ललितपुर महानगरपालिका-९ भोल ढोकामा चोरी भएको छ । दुई ठाउँमा गरी

काठमाडौँ, ९ माघ । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार गौर-पिपरा सडकखण्डको राजदेवी

काठमाडौँ, ९ माघ । बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–९