इरानमा सरकारविरोधी प्रदर्शन अहिलेसम्म ४२ जनाको मृत्यु

एजेन्सी, २५ पौष । इरानको राजधानी तेहरान तथा दोस्रो ठूलो शहर मशहदसहित देशका विभिन्न शहरहरूमा सरकार विरोधी प्रदर्शन भएका छन् ।

बीबीसीका अनुसार पछिल्ला वर्षहरूमै सबैभन्दा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । शान्तिपूर्ण रूपमा शुरू भएका यी प्रदर्शनहरू देशभर फैलिएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवा कटौती गरेका छन् । प्रदर्शनकारीहरूले त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको राजीनामा माग गर्दै नारा लगाएका छन् ।

साथै उनीहरूले निर्वासित नेता रेजा पहलवीको पुनरागमनको समर्थनमा पनि नारा लगाएका खबरमा उल्लेख छ । पहलवीले केही समयअघि आफ्ना समर्थकलाई सडकमा उत्रन आह्वान गर्नुभएको थियो । मानवअधिकार संस्थाहरूका अनुसार यो आन्दोलन इरानका सबै ३१ प्रान्तका १०० भन्दा बढी शहर र गाउँमा फैलिएको छ ।

एक अमेरिकी संस्थाका अनुसार अहिलेसम्म कम्तीमा ३४ प्रदर्शनकारी र ८ सुरक्षाकर्मीको ज्यान गएको छ भने झन्डै २ हजार ३ सयभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने भनिएको छ । कुर्द बाहुल्य इलाकाहरूमा विपक्षी समूहको आह्वानमा व्यापक हडताल भएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि दमन भए र कसैको ज्यान गए सैन्य हस्तक्षेप गर्न सकिने चेतावनी दोहोर्याउनुभएको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले भने सुरक्षा बललाई संयम अपनाउन निर्देशन दिएका खबरमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत