‘धुरन्धर’ अहिलेसम्मकै धेरै कमाउने हिन्दी फिल्म

काठमाडौँ, २३ पौष । रणवीर सिंह स्टारर ‘धुरन्धर’ ले सर्वाधिक कमाउने हिन्दी फिल्मको रुपमा कीर्तिमान रचेको छ । यसअघि धेरै कमाउने हिन्दी फिल्मको रेकर्ड वास्तवमै हिन्दी फिल्मसँग थिएन ।

दक्षिण भारतका फिल्मलाई हिन्दीमा स्वरांकन गरिएका फिल्मले यो स्थान कब्जा गरिरहेका थिए । सन् २०१७ देखि ‘बाहुबली : द कन्क्लुजन’ को हिन्दी संस्करणले यो रेकर्ड राखेको थियो । त्यसपछि ‘पुष्पा २’ को हिन्दी संस्करणले रेकर्ड रच्यो ।

‘धुरन्धर’ ले पाँचौ मंगलबार भारतीय बक्सअफिसमा ४.२५ करोड भारु कमाइ गर्‍यो । यो सँगै आदित्य धर निर्देशित फिल्म भारतीय बक्सअफिसमा सर्वकालिन धेरै कमाउने हिन्दी फिल्म बन्यो ।

प्रदर्शनको ३३ दिनमा फिल्मले भारतमा मात्र ७४१ करोड भारु नेट (८९३ करोड भारु) कमाएको छ । ‘पुष्पा २’ को ७३८ करोड नेट (८९२ करोड भारु ग्रस) लाई ‘धुरन्धर’ ले उछिनेको छ ।

‘धुरन्धर’ ले छैटौं सातामा ७५० करोड नेट कमाइ गर्नेछ । फिल्मको कमाइ ७७५ करोड नेटमा समेटिन सक्छ । यो फिल्मलाई ८०० करोड नेट कमाउन मुस्किल पर्न सक्ने देखिन्छ ।

‘धुरन्धर’ कोभिड महामारीपछि थिएटरमा सबैभन्दा धेरै कमाउने फिल्म समेत बनेको छ । यसका ३.२५ करोड वटा टिकट बिकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्