फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी, २३ पौष । फिलिपिन्समा बुधबार बिहान ६.७ म्याग्निच्युडको  भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्र सान्टियागो नजिकै रहेको छ ।

यूएसजीएसले भूकम्पको म्याग्निच्युड ६.४ पनि उल्लेख गरेको छ, जसको केन्द्र सहरबाट करिब २७ किलोमिटर पूर्वमा छ ।

भूकम्पपछि प्रशासनले अहिलेसम्म कुनै सुनामी अलर्ट जारी नगरिएको स्पष्ट पारेको छ । ब्याकोल्कोलले बुधबारको यो भूकम्पबाट सुनामीको चेतावनी जारी हुने सम्भावना नरहेको बताए ।

भूकम्पको केन्द्रबिन्दु नजिकका प्रहरी र विपद् अधिकारीहरूले भूकम्पबाट क्षति वा घाइतेको तत्काल कुनै जानकारी नआएको बताएका छन् ।

“यो त्यति शक्तिसाली थिएन, तर मानिस बाहिर दौडिए,” हिनातुआनका स्थानीय प्रहरी प्रमुख जोई मोनाटोले भने ।

फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ, जहाँ टेक्टोनिक प्लेटहरूका कारण भूकम्पीय गतिविधिहरू भइरहन्छ । यहाँ ठूलो भूकम्प आउनु सामान्य हो । रोयटर्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत