फेब्रअरीमा हुने टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ, २३ पौष । आउँदो फेब्रअरी ७ तारिख अर्थात् माघ २४ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपका लागि हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको छ । बन्द प्रशिक्षणमा रहेका २४ जना खेलाडी मध्येबाट ९ जना खेलाडी अन्तिम छनोटबाट बाहिरिएका छन् ।

दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम परेका छन् । बन्द प्रशिक्षणमा रहेका कुशल मल्ल, आदिल अन्सारी, विनोद भण्डारी, भीम सार्की, साहब आलम, इशान पाण्डे, अभिनास बोहरा, प्रतिश जिसी र रुपेशकुमार सिंह विश्वकप टोलीमा पर्न सकेनन् ।

दुई महिना अघि ओमानमा भएको विश्वकप छनोट टोलीमा रहेका कुशल मल्ल र आदिल अन्सारी विश्वकप टोलीमा परेनन् । उनीहरूको ठाउँमा बसिर अहमद र शेर मल्लले टोलीमा स्थान बनाएका छन् । गएको महिना सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को प्रदर्शनका आधारमा प्रशिक्षणमा परेका उनीहरू अन्तिम १५ मा पर्न सफल भएका हुन् ।

नेपालले विश्वकप क्रिकेटको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीको सामना गर्नेछ । आउँदो माघ २५ गते इंग्ल्यान्डसँग खेल्दै नेपालले विश्वकपको यात्रा शुरू गर्नेछ । अन्तिम खेल नेपालले बंगलादेशसँग फेब्रअरी १७ अर्थात् फागुन ५ गते खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । २०८३ साल असोज ६ गते मंगलबारको राशिफल ।   मेष: दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछ

काठमाडौँ, ५ असोज । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको

काठमाडौँ, ५ असोज । कैलालीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नवीन चौधरीलाई