इरानमा जारी प्रदर्शनमा मृत्यु हुनेको संख्या कम्तीमा ३५ पुग्यो

एजेन्सी, २२ पौष । इरानमा जारी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या कम्तीमा ३५ पुगेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले जनाएको छ ।

एजेन्सीका अनुसार, हालसम्म २९ प्रदर्शनकारी, चार बालबालिका र इरानका दुई सुरक्षा बलका सदस्यको मृत्यु भएको छ । एक साताभन्दा बढी समयदेखि जारी प्रदर्शनका क्रममा १२ सयजना धेरै मानिस गिरफ्तार गरिएका एजेन्सीले जनाएको छ ।

इरानका ३१ मध्ये २७ प्रदेश एवं २५० भन्दा बढी स्थानमा प्रदर्शन चर्किएको छ ।

यो एजेन्सीले इरानभित्रका कार्यकर्ता सञ्जालमा आधारित रहेर रिपोर्टिङ गर्दै आएको र विगतमा अशान्तिका क्रममा यसको जानकारी सही साबित भएको एपीले जनाएको छ ।

इरानको अर्धसैनिक क्रान्तिकारी गार्डसँग नजिक मानिने देशको आधिकारिक फार्स समाचार एजेन्सीले सोमबार राति प्रदर्शनका क्रममा करिब २५० प्रहरी अधिकारी र गार्डको स्वयंसेवी बसिज बलका ४५ सदस्य घाइते भएका जनाएको छ ।

मृतकको बढ्दो संख्याले अमेरिकी हस्तक्षेपको सम्भावनालाई समेत संकेत गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार तेहरानले शान्तिपूर्ण प्रदर्शनकारीमाथि हिंसात्मक व्यवहार अपनाए अमेरिका उनीहरूको उद्धारमा आउने इरानलाई चेतावनी दिएका थिए ।

ट्रम्पले कसरी र कहिले हस्तक्षेप गर्ने भन्ने स्पष्ट नभए पनि उनका टिप्पणीप्रति क्रोधपूर्ण प्रतिक्रिया जनाइएको छ । इस्लामिक गणतन्त्रका अधिकारीहरूले मध्यपूर्वमा रहेका अमेरिकी सेनालाई निसाना बनाउने धम्की समेत दिएका छन् ।

हालको प्रदर्शनलाई इरानमा सन् २०२२ पछिको सबैभन्दा ठूलो मानिएको छ । त्यति बेला प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि देशव्यापी आन्दोलन भड्किएको थियो । यद्यपि, हालका प्रदर्शन त्यति बेलाको जस्तो उग्र छैन ।

इरानमा पछिल्ला वर्षहरूमा पटक–पटक देशव्यापी प्रदर्शन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत