काठमाडौँ, २२ पौष । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिम नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माणमा जुटेका छन् ।
फिल्म केकी अधिकारीको होम प्रोडक्सनबाट बन्नेछ । “बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भनेकी छन्, “त्यो अवसर अहिले पेट्रोल पम्ममार्फत जुटेको छ ।”
फिल्ममा लेखन तथा निर्देशन सुलक्षण भारतीको रहनेछ । प्रोडुसर भने केकी अधिकारी हुनेछिन् ।
“कलाप्रतिको प्रेम, सिनेमाप्रतिको इमानदारी र कथाप्रतिको गहिरो सम्मानले हामीलाई फेरि एकसाथ बाँध्यो,” केकी भन्छिन्, “बोक्सीको घरलाई यहाँहरूले दिनुभएको माया, विश्वास र साथले हामीले अझ जिम्मेवार महसुस गरेका छौँ । हामीले नयाँ कुरा सोच्ने, नयाँ प्रयास गर्ने हिम्मत जुटाएका छौँ ।”
सोसल ड्रामा जानरामा निर्माण हुने फिल्म ‘पेट्रोल पम्प’ विसं. २०८३ मा रिलिज हुनेछ । फिल्ममा को–को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन ।






