मादुरोको गिरफ्तारीमा अमेरिकाको दादागिरी : चीन

काठमाडौँ, २२ पौष । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको जबरजस्ती गिरफ्तारीप्रति चीन गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् । 

चीनले अमेरिकासँग मादुरो र उनकी पत्नीको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई बिनासर्त तुरुन्त रिहा गर्न आग्रह गरेको छ । उनले अमेरिकाको यो कारबाहीलाई ‘एकतर्फी दादागिरी’ भन्दै कुनै देशको इच्छा अर्कोमा थोपर्नु अन्तर्राष्ट्रिय सम्बन्धहरूको आधारभूत सिद्धान्तविपरीत भएको बताए ।

बेइजिङले कुनै सार्वभौम राष्ट्रविरुद्ध यस्तो बल प्रयोग केवल संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन नभएर यो ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको शान्तिका लागि ठूलो खतरा भएको चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले यो विषयमा प्रतिक्रिया दिँदै भने, “कुनै पनि देश विश्वको प्रहरी वा न्यायाधीश बन्न सक्दैन ।”

चीनले भेनेजुएलाको सरकारसँग आफ्नो सहयोग जारी राख्ने र यो संकटलाई सैन्य हस्तक्षेप होइन, वार्ता र कूटनीतिमार्फत समाधान गर्न जोड दिने स्पष्ट पारेको छ । रुस, इरान र ब्राजिलजस्ता देशहरूले पनि चीनको स्वरमा सुर मिलाउँदै अमेरिकी कारबाहीलाई निन्दा गरेका छन् । यसैबीच, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् (यूएनएससी)मा पनि यो विषयमा आपतकालीन बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत