इन्टरनेशनल लिग टी-२० को उपाधि डेजर्ट भाइपर्सलाई

काठमाडौँ, २१ पौष । डेजर्ट भाइपर्सले यूएईमा सम्पन्न इन्टरनेशनल लिग टी-२० क्रिकेटको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा एमआई इमिरेट्सलाई ४६ रनले हराउँदै भाइपर्सले पहिलोपटक उपाधि जितेको हो ।

भाइपर्सले दिएको १८३ रनको लक्ष्य पछ्याएको एमआई १८.३ ओभरमा १३६ रनमा अलआउट भयो । शाकिब अल हसनले सर्वाधिक ३६ रन बनाए भने कप्तान कायरन पोलार्डले २८ रन बनाए ।

भाइपर्सका लागि डेभिड पेन र नसीम शाहले ३-३ विकेट लिए भने खुजेमा तनभीर र उसमान तारिकले २-२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डेजर्टले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो । कप्तान साम करानले अविजित ७४ रन बनाए भने म्याक्स होल्डेनले ४१ रन बनाए ।

एमआईका फजलहक फारुकीले २ विकेट लिँदा अरब गुलले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि