‘ओह माई गड ३’ मा अक्षय र रानी !

काठमाडौँ, १९ पौष । बलिउडको चर्चित फ्रेन्चाइजी ‘ओह माई गड’ तेस्रो भागमा  अक्षय कुमारसँग मुख्य भूमिकामा रानी मुखर्जी देखिने भएकी छिन् ।

पिंकभिला लगायतका मिडियाका रिपोर्टअनुसार, यसपटक अक्षयसँग मुख्य रानी देखिने भएकी हुन् । दुवै स्टारको पहिलो अन-स्क्रिन जोडी हुनेछ, जसले ९० को दशकका दुई ठूला कलाकारलाई एउटै फ्रेममा ल्याउनेछ ।

फिल्म हाल प्रि-प्रोडक्सन चरणमा छ र छायांकन सन् २०२६ को मध्यतिर सुरु हुने योजना छ । निर्देशन फेरि अमित रायले सम्हाल्दैछन्, जसले ‘ओएमजी २’ मा सामाजिक मुद्दालाई प्रभावकारी तरिकाले प्रस्तुत गरेर प्रशंसा कमाएका थिए ।

स्रोतका अनुसार यो भागको कथा अघिल्लाभन्दा ठूलो, संवेदनशील र समकालीन मुद्दामा आधारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्