भेनेजुएलामा राष्ट्रिय संकटकाल घोषणा

एजेन्सी, १९ पौष । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । 

भेनेजुएला सरकारले आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो भूभागमा अमेरिकाले गम्भीर सैन्य आक्रमण गरेको भन्दै त्यसको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ । राजधानी काराकासमा भएका हवाई हमलाहरू भेनेजुएलाको तेल र खनिज लगायतका रणनीतिक स्रोतहरू कब्जा गर्ने उद्देश्यले प्रेरित रहेको सरकारको दाबी छ ।

राष्ट्रपति मादुरोले ‘बाह्य अशान्ति’ को अवस्थालाई मध्यनजर गर्दै राज्यको विशेष आदेशमा हस्ताक्षर गरी तत्काल लागू गर्न निर्देशन दिएका छन् । भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदायसमक्ष अमेरिकाको यस कदमलाई ‘अत्यन्त गम्भीर सैन्य आक्रामकता’ को संज्ञा दिँदै यसले राष्ट्रको राजनीतिक स्वतन्त्रतालाई जबरजस्ती तोड्न खोजेको आरोप लगाएको छ । राष्ट्रपतिले उपयुक्त समय र परिस्थितिमा सबै राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न सेनालाई आदेश समेत दिएका छन् ।

सरकारले देशका सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई परिचालन योजना सक्रिय बनाउन र यस ‘साम्राज्यवादी आक्रमण’ विरुद्ध एकजुट भएर प्रतिकार गर्न आह्वान गरेको छ । अमेरिकाले भेनेजुएलाको प्राकृतिक स्रोतमाथि आँखा गाडेर यो हमला गरेको मादुरो प्रशासनको ठम्याइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत