सुनिल शर्माद्वारा विद्यालयलाई २ करोड सहयोग

विराटनगर, १९ पौष । मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयलाई नेपाली कांग्रेसका नेता सुनिल शर्माले २ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

शुक्रबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रमका बिच उनले उक्त सहयोग आफ्ना माता–पिताको नाममा विद्यालयको शैक्षिक विकासका लागि प्रदान गरेका हुन् । आर्थिक सहयोगसँगै विद्यालयको नाम परिवर्तन गरी अब श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय राखिने भएको छ ।

कार्यक्रममा डा. शर्माले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा दीर्घकालीन विकासका लागि उक्त रकम उपयोग गरिने जानकारी दिए ।

कार्यक्रमकै क्रममा डा. शर्माले विद्यालय परिसरमा निर्माण गरिने नयाँ भवनको शिलान्याससमेत गरेका छन् । करिब ३ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन दुईतले रहनेछ भने त्यसमा १० वटा कक्षाकोठा रहने जनाइएको छ । नयाँ भवन निर्माणपछि पठन–पाठनको वातावरण थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गरेका हुन् ।

त्यसैगरी, डा. शर्माले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि करिब १ करोड रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् । आर्थिक अभावका कारण गरिब तथा विपन्न विद्यार्थीहरुले पढाईबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौडा, १० भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवामा आएको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा

काठमाडौँ, १० भदौ । रसुवा बाढीपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको

काठमाडौँ, १० भदौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गर्ने युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमा लगानी बढाउन

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका