सुनिल शर्माद्वारा विद्यालयलाई २ करोड सहयोग

विराटनगर, १९ पौष । मोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयलाई नेपाली कांग्रेसका नेता सुनिल शर्माले २ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

शुक्रबार आयोजित सहयोग हस्तान्तरण कार्यक्रमका बिच उनले उक्त सहयोग आफ्ना माता–पिताको नाममा विद्यालयको शैक्षिक विकासका लागि प्रदान गरेका हुन् । आर्थिक सहयोगसँगै विद्यालयको नाम परिवर्तन गरी अब श्री जनता लोकनाथ–होमादेवी माध्यमिक विद्यालय राखिने भएको छ ।

कार्यक्रममा डा. शर्माले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, शैक्षिक गुणस्तर अभिवृद्धि तथा दीर्घकालीन विकासका लागि उक्त रकम उपयोग गरिने जानकारी दिए ।

कार्यक्रमकै क्रममा डा. शर्माले विद्यालय परिसरमा निर्माण गरिने नयाँ भवनको शिलान्याससमेत गरेका छन् । करिब ३ करोड रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन दुईतले रहनेछ भने त्यसमा १० वटा कक्षाकोठा रहने जनाइएको छ । नयाँ भवन निर्माणपछि पठन–पाठनको वातावरण थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ । नेपाली कांग्रेसका नेता डा.सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गरेका हुन् ।

त्यसैगरी, डा. शर्माले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि करिब १ करोड रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् । आर्थिक अभावका कारण गरिब तथा विपन्न विद्यार्थीहरुले पढाईबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्