फिल्म ‘धुरन्धर’को दुई वटा शब्द ‘म्युट’

काठमाडौँ, १८ पौष । बलिउड अभिनेता रणवीर सिंह स्टार फिल्म ‘धुरन्धर’ प्रदर्शनमा आएको करिब एक महिना भएको छ ।

फिल्मले बक्स अफिसमा एकदमै राम्रो आम्दानी गरिरहेको छ । तर, प्रदर्शनको एक महिनापछि फिल्मको दुई वटा शब्दलाई ‘म्युट’ गरिएको छ । 

भारतको सूचना तथा प्रसारण मन्त्रालयको निर्देशनपछि फिल्मका दुई वटा शब्दलाई ‘म्युट’ गरिएको हो । दुई वटा शब्दलाई ‘म्युट’ गरिएको फिल्म जनवरी १ देखि रिलिज भएको छ । 

बलिउड मिडियाका अनुसार म्युट गरिएका दुई शब्दमध्ये एउटा ‘बलुच’ शब्द रहेको छ । मन्त्रालयको निर्देशन पालना गर्दै फिल्म मेकर्सले यी परिवर्तनहरू गरेका हुन् ।

आदित्य धरको निर्देशनमा बनेको यो फिल्म डिसेम्बर ५ मा विश्वभर रिलिज भएको थियो । फिल्मले व्यापारको मामलामा नयाँ कीर्तिमान कायम गरिरहेको छ । हालसम्म यसले विश्वभर १,१२८.६३ करोड (भारु) कलेक्सन गरेको छ ।

भारतीय बक्स अफिसमा मात्रै फिल्मको कलेक्सन ७२४.७५ करोड भारु पुगेको छ । फिल्ममा रणवीर सिंहका साथै अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सञ्जय दत्त, राकेश बेदी र दानिश पंडोर जस्ता कलाकारका अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्