इरानमा जारी विरोध प्रदर्शनमा तीन जनाको मृत्यु

एजेन्सी, १८ पौष । इरानका सहरहरूमा आकासिँदै गइरहेको महँगीको विरोधमा भइरहेको विरोध प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ ।

स्थानीय मिडियाका अनुसार, प्रदर्शनको पाँचौँ दिन अजनामा प्रदर्शनका क्रममा तीन जनाको मृत्यु भएको हो । लोरेस्तान प्रान्तको अजना सहरमा बिहीबारको विरोध प्रदर्शनका क्रममा आगजनीको तस्बिरहरू बाहिरिएका थिए ।

बीबीसी फारसी सेवाका अनुसार, तस्बिरहरूमा अजनाको केन्द्रीय प्रहरी चौकीको अगाडि प्रदर्शनकारीहरूले आगो लगाउँदै गरेको देखाइएको छ । यी विरोध प्रदर्शनका क्रममा प्रहरी मुख्यालयमा आक्रमण गरिएको र यस क्रममा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको इरानी सञ्चार माध्यमले भनेका छन् । प्रहरीले प्रदर्शनकारीहरू विरुद्ध अश्रुग्याँस र गोली प्रहार गरेका थिए ।

आफूले ओठमाथि गोली लागेको र रगत बगिरहेको एक परिचित व्यक्ति देखेको एक प्रत्यक्षदर्शीले बताएको भन्दै बीबीसी फारसीले समाचारमा लेखेको छ । धेरै मानिसहरू खुट्टा खल्च्याङग खल्च्याङ गरेर हिँडिरहेको प्रत्यक्षदर्शीले देखेको  पनि बीबीसीले बताएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत