स्विट्जरल्यान्डको एक बारमा आगलागी हुँदा ४० जनाको मृत्यु

एजेन्सी, १८ पौष । स्विट्जरल्यान्डको दक्षिणी क्षेत्रमा रहेको चर्चित स्की रिसोर्ट क्रान्स–मोन्टानामा भएको आगलागीमा ४० जनाको मृत्यु भएको छ ।

एक सय १५ जना भन्दा धेरै घाइते भएका र धेरैको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

आगो निभाउन १३ वटा हेलिकप्टर, ४२ एम्बुलेन्स र झन्डै एक सय ५० आपतकालीन उद्धारकर्मी परिचालन गरिएको थियो । धेरैजसो घाइतेहरू गम्भीर जलन र विषालु धुवाँ सासमा गएर आन्तरिक जलनको समस्यामा परेका छन् ।

डाक्टरहरुका अनुसार केही बिरामीको अवस्था अत्यन्त नाजुक छ र उनीहरूलाई सघन उपचार कक्षमा राखिएको छ । बारमा आगलागी हुँदा त्यहाँ कति मानिस थिए भन्ने यकिन भइसकेको छैन । नयाँ वर्षको पार्टी भएकाले युवाको संख्या धेरै रहेको अधिकारीहरूले बताएका छन् ।

पीडितहरू विभिन्न देशका नागरिक भएको र मृतकको पहिचान गर्न समय लाग्ने जनाइएको छ । स्विट्जरल्यान्डका राष्ट्रपति गाइ पार्मेलिनले यस घटनालाई देशले भोगेको सबैभन्दा दर्दनाक त्रासदीमध्ये एक भन्नु भएको खबरमा उल्लेख छ । 

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत