एयर इन्डियाको एक पाइलट क्यानाडामा गिरफ्तार

एजेन्सी, १७ पौष । भारतीय वायुसेवा ‘एयर इन्डिया’को एक पाइलट क्यानडामा गिरफ्तार भएका छन् । ती पाइलटलाई भ्यानकुभर विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।

डिसेम्बर २३ मा उनी उक्त विमान लिएर नयाँ दिल्ली आउने तयारीमा थिए । त्यसअघि नै उनलाई नियन्त्रणमा लिइएको हो ।

समाचार एजेन्सीहरूका अनुसार ‘ड्युटी फ्रि शप’का एक कर्मचारीले ती पाइलटको मुखबाट मदिराको गन्ध आएको आधारमा विमानस्थलका अधिकारीलाई यसबारे सूचना दिएका थिए ।

सोही आधारमा ती पाइलटमाथि ‘ब्रेथ एनालाइजर’ टेस्ट गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो । लगत्तै ती पाइलटलाई नियन्त्रणमा लिइएको बताइएको छ । यद्यपि, यो प्रकरण ढिलो गरी प्रकाशमा आएको हो ।

ती पाइलटलाई हाल भारतमै ल्याएर थप अनुसन्धान भइरहेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि

काठमाडौँ, १७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। दिउँसो ३:०० बजे केन्द्रीय कार्यालयमा बैठकमा

काठमाडौँ, १७ असोज । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका

काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली विशेषताको समाजवादको कुरा गरिरहेको बताएका छन् । आज मनोनीत