आईसीसी ट्वान्टी–२० विश्वकप : अस्ट्रेलियाको टिम घोषणा

काठमाडौँ, १७ पौष । यो वर्ष भारत र श्रीलंकामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपका निम्ति अस्ट्रेलियाको टिम घोषणा गरिएको छ ।

बिहीबार अस्ट्रेलिया क्रिकेटले मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो । विश्वकपका निम्ति अस्ट्रेलियाले बलिङमा स्पीनरलाई प्राथमिकतामा राखेको छ । अस्ट्रेलियाले नियमित स्पीनर एडम जाम्पा, म्याथ्यु कुनेमन, कुपर कोनालीसँगै अलराउन्डर ग्लेन म्याक्सवेल र म्याथ्यस शर्टलाई टिममा समेटेको छ ।

विश्वकपमा अस्ट्रेलिया समूह ‘बी’मा छ । यो समूहमा अस्ट्रेलियासँगै आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे छन् । अस्ट्रेलियाले आउँदो फेब्रुअरी ११ मा आयरल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्ने तालिका छ ।

घोषित अस्ट्रेलियन टिम
मिचेल मार्स (कप्तान), जाभियर बार्टलेट, कुपर कोनोली, प्याट कुमिन्स, टिम डेविड, क्यामरुन ग्रीन, नाथन एलिस, जस हेजलवुड, ट्राभिस हेड, जस इंग्लिस, म्याथ्यु कुनेमन, ग्लेन म्याक्सवेल, म्याथ्यु शर्ट, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि