अन्तर्राष्ट्रिय तेक्वान्डो प्रतियोगितामा श्रेया राईलाई काश्य पदक

काठमाडाैँ, १७ पौष । भारतमा सम्पन्न ९ भारत अन्तर्राष्ट्रिय तेक्वान्डो च्याम्पियनसिप २०२५ मा काठमाडौँ बुढानिलकण्ठ पाठशालाकी छात्रा श्रेया राईले ४४ केजी तौल समूहमा तेस्रो स्थान हासिल गर्दै काश्य पदक जित्न सफल भएकी छिन् ।

उक्त प्रतियोगितामा विभिन्न देशका खेलाडीहरू बिच भएको प्रतिस्पर्धामा बुढानिलकण्ठ नगरपालिका ९ मण्डिकाटारमा अवस्थित छात्रा राईले नेपालको लागि नै ऐतिहासिक उपलब्धि हासिल गरेकी हून् । राईको यो सफलता नेपाली विद्यार्थी खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको छ ।

श्रेया राईको यस उपलब्धिले विद्यालयमात्र नभई सम्पूर्ण देशलाई गौरवान्वित बनाएको विद्यालयका प्रधानाध्यापक गोपालबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘श्रेयाको निरन्तर मेहनत, अनुशासन, शिक्षक विद्यालय, परिवारको तर्फबाट सहयोग र साहसी खेल भावनाले गर्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजागर गर्न महत्वपूर्ण योगदान दिएको छ ।’ विद्यालय परिवारले श्रेयाको उत्कृष्ट प्रदर्शनको उच्च प्रशंसा गर्दै भविष्यमा प्रतियोगीहरूमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।

विभिन्न सिसिए र इसिएका कार्यक्रम राखी विद्यालयले विद्यार्थीहरूलाई उचित प्लेटफर्म विगत ३० वर्षदेखि गराउँदै आएको छ । आगामी शैक्षिक सत्र २०८३ बाट कक्षा ११ पनि सञ्चालन गर्ने जमर्को गरिरहेको प्रधानाध्यापक महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । कैलालीमा छुट्टाछुट्टै स्थानमा दुई जना पुरुष मृत फेला परेका छन् । मंगलबार छुट्टाछुट्टै स्थानमा दुई जना मृत

काठमाडौँ, ७ असोज । बाँकेको नेपालगञ्जमा प्रहरीले हवाई फायर गरी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको

काठमाडौँ, ७ असोज । बाँकेको कोहलपुरमा रहेको होटेल म्याक्समा ‘अनलाइम गेम’ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले ४० जना भारतीय नागरिकसहित ४२ जनालाई

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate