प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ, १६ पौष । काठमाडौँ उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय आकाश भनिने नानीबाबु लामा र दोलखा घर भएका ३४ वर्षीय प्रकाश तामाङलाई पक्राउ गरेको हो ।

लागुऔषधजन्य औषधी बेचेको भन्दै डर, धम्की देखाएर रकम असुल्ने गरको आरोप उनीहरुमाथि छ । पक्राउ परेकाहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धानअघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ पौष । काठमाडौँ उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना

काठमाडौँ, १६ पौष । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।

काठमाडौँ, १६ पौष । अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक

काठमाडौँ, १६ पौष । खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मंगलबार दिउँसो चीनको जिन्स्यु