निजी क्षेत्रको लगानी र व्यवसाय गर्ने वातावरण बन्न सकेन : अध्यक्ष ढकाल

काठमाडौँ, १६ पौष । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकमा निजी क्षेत्रका लागि लगानी र व्यवसाय गर्ने वातावरण बन्न नसकेको बताएका छन् ।

आज महासङ्घले आयोजना गरेको ‘सामूहिक पहल’ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले लगानी र रोजगारीका अवसर सिर्जना गर्ने दाबी गरे पनि त्यसको कार्यान्वयन पक्ष अत्यन्तै कमजोर रहेको बताए । 

अध्यक्ष ढकालले सरकारी नीति र दस्ताबेजहरूमा लगानीको वातावरण र रोजगारीका अवसरहरूको ठुला कुरा गरिए पनि व्यवहारमा ती केवल कागजमा मात्रै सीमित भएको बताए । उनले भने, “मुलुकमा पेसा, व्यवसाय र रोजगारीका अवसरहरू प्राप्त हुन सकेका छैनन् । यसका प्रत्याभूतिहरू सरकारी दस्ताबेजमा मात्रै सीमित रहेका छन् ।” 

निजी क्षेत्रले लगानीका लागि खोजिरहेको सुरक्षा र सुनिश्चिताको अभाव रहेको सङ्केत गर्दै उनले सरकारका प्रतिबद्धताहरू कार्यान्वयन नहुँदा उद्यमी व्यवसायीहरूले समस्या भोग्नुपरेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ पौष । काठमाडौँ उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना

काठमाडौँ, १६ पौष । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।

काठमाडौँ, १६ पौष । अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक

काठमाडौँ, १६ पौष । खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मंगलबार दिउँसो चीनको जिन्स्यु