काठमाडौँ, १६ पौष । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घ्याङ्लेख गाउँपालिका-१ पिउरीखोला जंगलमा तामाङको शव गोली लागेको अवस्थामा फेला परेको हो । उनको हत्या भएको हो या आफैं बन्दुक पड्किएर लागेको हो भन्ने केही खुलेको छैन ।
आफ्नो घरभन्दा करिब ३ किलोमिटर दक्षिणको जंगलमा उनको शव भेटिएको थियो । तामाङको नाइटोबाट रगत बगिरहेको अवस्थामा शव भेटिएको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानमा तामाङको पेटको भागमा गोली लागेको पाइएको हो । शव नजिक एक थान भरुवा बन्दुक बीच भागमा भाँचिएको अवस्थामा फेला परेको, मृतकले भिरेको झोलामा बारुद जस्तो देखिने धुलो र फलाम र सिसाको टुक्रा फेला परेको प्रहरीले जनाएको छ ।
शवलाई मुचुल्का पश्चात् पोष्टमार्टमको लागि सिन्धुली अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






