काठमाडौँ, १६ पौष । खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मंगलबार दिउँसो चीनको जिन्स्यु नन्याङ रोडकी अन्दाजी ३५ वर्षीया जिओ जियायिन नाम बताउने महिला २ हलेसीमा पक्राउ परेकी हुन् ।
गैरकानुनी रूपमा हलेसीमा बस्दै आएको जानकारीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई अध्यागमन विभागमा पठाइएको छ ।






