‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङले जिते

काठमाडौँ, १५ पौष । ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि अनिश तामाङले जितेका छन् ।

आज राती प्रसारित ग्रान्ड फिनालेको एपिसोडमा नेपाली सेनामा आबद्ध उनी विजेता घोषित भए ।

उपाधि विजेता तामाङलाई हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलसहितका अतिथिले पुरस्कार प्रदान गरे । उपाधिसँगै तामाङले १० लाख नगद र यामाहाको मोटरसाइकल प्राप्त गरे ।

रोजिता लामा उपविजेता घोषित भइन् । उनले एटआइटीएम कलेजबाट ६ लाख बराबरको शैक्षिक छात्रवृत्तिसहितका आकर्षक उपहार प्राप्त गरिन् । रोजिता पेशाले ब्यायाम प्रशिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ पौष । काठमाडौँ उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना

काठमाडौँ, १६ पौष । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।

काठमाडौँ, १६ पौष । अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक

काठमाडौँ, १६ पौष । खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मंगलबार दिउँसो चीनको जिन्स्यु