काठमाडौँ, १५ पौष । गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएका छन् ।
रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सपुतको नाम दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा राखिएको छ ।
लोकप्रिय सांगीतिक सिर्जनाहरूबाट आम दर्शक–श्रोतामाझ स्थापित सपुत पछिल्लो समय सामाजिक विषयवस्तुमा आधारित सिर्जनाका कारण विशेष चर्चामा छन् । उनका ‘गलबन्दी’, ‘सकम्बरी’, ‘मेरो पनि हैन र यो देश’, ‘बोल माया’ लगायतका गीतहरूले नेपाली सङ्गीत क्षेत्रमा फरक पहिचान बनाएका छन् ।





