‘झरीपछिको इन्द्रेणी’को कमाइ ६२ लाखबढी

काठमाडौँ, १४ पौष । फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनको नवौँ दिन भएको छ । 

यो अवधिमा फिल्मले ६२ लाख ६९ हजार ४७५ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । यो चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्ट हो । फिल्मको टिकट भने १९ हजार ७९३ वटा बिक्री भएका देखिएको छ । 

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्ममा सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक संघर्षको कथा छ । फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेका हुन् ।

फिल्ममा गणेशका अलावा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ पौष । काठमाडौँ उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना

काठमाडौँ, १६ पौष । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।

काठमाडौँ, १६ पौष । अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक

काठमाडौँ, १६ पौष । खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मंगलबार दिउँसो चीनको जिन्स्यु