ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

एजेन्सी, १४ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे यूक्रेन शान्ति सम्झौता लगभग सहमति नजिक पुगेको बताउनुभएको छ ।

युद्ध अन्त्यका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले छलफललाई उत्कृष्ट भन्दै यूक्रेनका लागि आवश्यक सुरक्षा ग्यारेन्टी ९५ प्रतिशत टुंगिएको दाबी गर्नुभएको छ ।

ट्रम्पका अनुसार अहिलेको प्रगति कायम रहे युद्ध केही हप्तामै अन्त्य हुन सक्ने सम्भावना छ । तर, ट्रम्पले यूक्रेनको जमिनसम्बन्धी विषय सबैभन्दा जटिल मुद्दा रहेको स्वीकार गर्नुभएको छ । विशेषगरी डोनबास क्षेत्रमा प्रस्तावित मुक्त व्यापार क्षेत्रसम्बन्धी सहमति अझै अनिर्णीत रहेको उहाँको भनाइ छ ।

रुसको भूमिकाबारे बोल्दै ट्रम्पले रुसले भविष्यमा यूक्रेनको पुनर्निर्माणमा सहयोग गर्ने दाबीसमेत गर्नुभएको छ । यद्यपि, भूमिसम्बन्धी विवाद र डोनबासको आर्थिक संरचनाबारे सहमति नजुट्दासम्म अन्तिम सम्झौता अझै चुनौतीपूर्ण रहने विश्लेषकहरूको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् । 

काठमाडौँ, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय

काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा

काठमाडौँ, १८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गरेका छन् ।  महर्जनले युवापुस्ताका लागि