युद्धग्रस्त म्यानमारमा भइरहेको चुनावको व्यापक विरोध

एजेन्सी, १३ पौष । म्यानमारको सैनिक सरकारले कू गरे पछाडि झन्डै ५ वर्षपछि चरणबद्ध रूपमा चुनाव शुरु गरेको छ ।

तर प्रमुख प्रतिबन्धित राजनीतिक दलहरू, जेलमा रहेका नेताहरूले गृहयुद्धका कारण देशको ठूलो भू-भागमा मतदान हुन नसक्ने अवस्थाले यो चुनावलाई व्यापक रूपमा ‘नक्कली’ भन्दै आलोचना गरिरहेका छन् ।

पश्चिमी देशहरू र युरोपेली संसदले चुनावलाई अस्वीकार गरेका छन् भने आसियान क्षेत्रले राजनीतिक संवाद बिना चुनाव नगर्न आग्रह भनेको छ । सैनिक सरकारले भने चुनाव म्यानमारकै लागि भएको दाबी गर्दै आलोचना अस्वीकार गरेको छ ।

नागरिकहरूबीच भने चुनावप्रति असन्तुष्टि र बहिष्कारको भावना बलियो देखिएको छ । चुनाव तीन चरणमा एक महिनाभित्र सम्पन्न गरिने बीबीसीले जनाएको छ । जसमा ३ सय ३० मध्ये २ सय ७४ क्षेत्रमा चुनाव गरिने भनिए पनि झन्डै देशको आधा भू-भागमा चुनाव हुन नसक्ने अनुमान गरिएको छ ।

चुनावको नतिजा आउँदो एक महिनाभित्र आइसक्ने खबरमा उल्लेख छ । नयाँ कानूनअन्तर्गत चुनावको विरोध वा अवरोध गरेको आरोपमा दुई सयभन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । चर्चित कलाकार र चलचित्रकर्मीहरू समेत ७ वर्षको जेल सजायमा परेका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले अभिव्यक्ति र शान्तिपूर्ण सभाको अधिकार नहुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । गएको मार्चमा आएको विनाशकारी भूकम्प र अन्तर्राष्ट्रिय सहयोग कटौतीले म्यानमारको अवस्था झन् जटिल बनेको छ ।

राष्ट्रियस्तरमा ६ दल चुनावमा सहभागी छन्, जसमा सैन्य समर्थित युनियन सोलिड्यारिटी एन्ड डेभलपमेन्ट पार्टी प्रमुख हो । आङ साङ सुकीको नेशनल लिग फर डेमोक्रेसीसहित झन्डै ४० दल त्यहाँ प्रतिबन्धित छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार पूरै कार्यकाल चल्ने बताएका छन् । 

काठमाडौँ, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय

काठमाडौँ, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा

काठमाडौँ, १८ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवार घोषणा गरेका छन् ।  महर्जनले युवापुस्ताका लागि